Updated: Dec 17, 2016 @ 07:57 PM MST
फ्लोरिडा राजमार्ग गस्ती प्रहरीका अनुसार गत बिहीबार दिसम्बर १५ तारीख फ्लोरिडाको राज्य अन्तर्गत राजमार्ग २० तथा ७९ मा भएको सवारी साधन दुर्घटना परि अलाबामा ट्रोयका संगम सुबेदी र उक्त सवारी साधनमा सवार २० बर्षीय छात्रा श्रद्धा सी ठाकुरी तथा १९ बर्षीय असलीशा पंडित घाईते भएको बुझिएको छ । उनीहरु गंभीर घाईते भएकोले फ्लोरोडाको पानामा शहरको बे चिकित्सा केंद्रमा अर्को अस्पताल बाट भर्ती गराईएको छ ।
यस दुर्घटनामा अलाबामा निवासी एक महिलाको मृत्यु भएको जनाइएको छ।
दुई दिनको अन्तरमा अमेरिकामा नेपालीको यो दोस्रो सवारी दुर्घटना हो । अमेरिकामा हिउ परे सगै दुर्धटना बडी हुने गरेको छ जुन सामान्य मानिन्छ ।