सिएनएन कार्यालयमा बमको चेतावनी, कार्यालय खाली गरियो

सिएनएन कार्यालयमा बमको चेतावनी, कार्यालय खाली गरियो
अमेरिका

अमेरिकाको न्यूयोर्कमा रहेको सिएनएन टेलिभिजनको कार्यालयमा बम राखिएको भनेर एकजना अज्ञात व्यक्तिले टेलफोनबाट चेतावनी दिएपछि सो कार्यालयलाई प्रहरीले खाली गराएको छ ।

स्थानीय समय अनुसार बिहीबार राती १० बजे सिएनएन कार्यालयका विभिन्न पाँच स्थानमा पाँचवटा बम राखिएको भनी एक अज्ञात व्यक्तिले टेलिफोनबाट चेतावनी दिएका थिए ।

सिएनएन कार्यालय भवनमा प्रहरीले प्रारम्भिक खोजीपछि सो कार्यालयलाई खाली गराइएको थियो ।

टेलिभिजन प्रसारणको कार्य अस्थायी प्रबन्ध गरी जारी नै राखिएको छ ।

गएको अक्टोबर महिनामा पनि सो कार्यालयमा बम राखिएको यस्तै समाचार आएको थियो । सो समाचारपछि त्यसबखत पनि एक शंकास्पद वस्तु भेटिएको थियो ।

Post Comment