चार महिनायता विश्व बजारमा पेट्रोलियम पदार्थ (तेल)को मूल्यमा लगातार गिरावट

सोमबार , साउन २३, २०७९
अर्थ​

चार महिनायता विश्व बजारमा पेट्रोलियम पदार्थ (तेल)को मूल्यमा लगातार गिरावट आएको छ। गतसाता गिरावटले अरु तिव्रता लियो। तर, नेपाली उपभोक्ताले भने गिरावटअनुसार फाइदा लिन पाएका छैनन्।

सरकारका प्रभावशाली अर्थमन्त्री डा.रामशरण महतले यसअघि पटक–पटक विश्व बजारमा तेल मूल्य बृद्धि हुदाँ त्यसअनुसार मूल्य समायोजन गर्नुपर्ने तर्क राख्दै आएका थिए। त्यसवेला अर्थमन्त्री महतको तर्क हुन्थ्यो, सरकारले गरिबका लागि खर्च गर्नुपर्ने अनुदान काटेर तेल किन्न पैसा दिन सक्दैन र हुँदैन।

मूल्य बृद्धिपछि सडकमा जुलुस भईरहँदा अर्थमन्त्रालयमा पत्रकारसँग सरकारको निर्णयमा सहयोगका लागि आग्रह गर्दैै यो मूल्यबृद्धि वाध्यता भएको दावी महतको हुनेगर्दथ्यो। पेट्रोलियम पदार्थ कारोबारमा एकाधिकार पाएको नेपाल आयल निगमको भनाई पनि यही हुन्थ्यो।

मूल्य वढिरहेको वेला अन्तराष्ट्रिय बजारको भाउ सञ्चारगृहमा नियमित पठाउने पनि गरेको थियो। तेलको मूल्यले उपभोक्ता बजारलाई असर गर्ने भएपनि नेपालमा उत्पादन छैन। विदेशवाट महंगो ल्याएर सस्तोमा वेच्नका लागि अनुदान दिँदा गरिबलाई भन्दा धनीलाई बढी फाइदा हुन्छ।

गरिबका नाममा अनुदानको तेल बढी उपयोग गर्ने धनीले वढी फाइदा पाईरहेका हुन्छन्। यसवाहेक व्यापारसिद्धान्तमा पनि विश्वबजार अनुसार मूल्य तेल भाउ वढ्नुपर्छ भन्ने त्यसवेलाको अर्थमन्त्री महत र निगमले दिने तर्कसँग असहमति हुने ठाउँ थिएन। यही तर्कका आधारमा अहिले भने नेपाली उपभोक्ताले अझ सस्तोमा तेल पाउनुपर्ने हो।

तर, यो भएको छैन। बढाउदाँ विश्व बजारलाई आधार दिनले अहिले घटेका वेला त्यसअनुसार मूल्य घटाएर उपभोक्तालाई राहत नदिनु भने वेईमानी हो। विश्व बैंकका तत्कालिन आवसीय प्रतिनिधि केन ओहासीले कान्तिपुर दैनिकमा विश्व बजारअनुसार तेल मूल्य बढ्नुपर्छ भन्ने लेख लेख्दा विद्यार्थी संगठनहरुको जुलुस याक एण्ड यतीस्थित बैंक कार्यालयमा ढुंगा हान्न गएको थियो।

विश्वबजारमा तेलको मूल्य माथि जाँदा वढाउनु हुँदैन भनेर सडक तताउने विद्यार्थी संगठन त्यसवेला सही थिएनन्। तर, अहिले मौन बस्नु पनि गलत हो। विश्व बजारमा घट्यो त्यस आधारमा अव किन नेपालमा घट्दैन भनेर सरकार र आयल निगमलाई दवाव दिनुपर्ने समय आएको छ।

यसअघि सडकवाट चर्को दवाव आउने त्रासले सरकारले मूल्य बढाउन कयौं दिन ढिलाई गर्यो। यसले बजारमा चरम अभावको अवस्था आयो। कालोबजारी समेत भयो। एक पटक यस्तो समय आएको थियो कयौं उपभोक्ताले ‘मूल्य वढाउ तर, सजिलोसँग तेल देऊ’सम्म भनेका थिए। अहिले सकडमा दवाव छैन, जनता बोलेका छैनन् यसकै फाइदा सरकार र आयल निगमले उठाईरहेको छ। सञ्चालक समिति सदस्य काठमाडौंमा नहुँदा भन्ने वाहनामा समान्य दरले मूल्य तल झार्नपनि नियमलाई एक साता लाग्यो।

विश्व बजारमा चार महिना अघि कच्चा तेलको प्रति व्यारेल (१५८.९९ लिटर) मूल्य झण्डै १ सय १० अमेरिकी डलर थियो। अहिले यो प्रतिव्यारल ७० डलरमामा झरेको छ। शुक्रवार अमेरिकामा यसभन्दा पनि कम कच्चा तेल मूल्य प्रति व्यारेल ६६.१५ डलरमा कारोवार भयो।

Post Comment