नेप्सेमा सुधार

अर्थ​

काठमाडौँ, २७ मङ्सिर । केही साता अघिदेखि निरन्तर ओरालो लागेको नेप्सेमा यो साता सुधार आएको छ ।

गत साता पहिलो दिनको तुलनामा ३.१२ अङ्कले ओरालो लागेको नेप्से १९.७५ अङ्कले सुधार आई ८७०.६३ अङ्कमा पुगेको हो ।यस साता नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीहरूको आठ हजार ३६ कारोबारबाट रु ८० करोड २१ लाख ९८ हजार बराबरका २२ लाख १७ हजार ९९० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १.३३ प्रतिशत बढी हो ।गत साता १५७ कम्पनीको आठ हजार ९६४ कारोबारबाट रु ७९ करोड १७ लाख ४ हजार बराबरका २० लाख ३२ हजार ५३० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

यसैगरी समूहगत परिसूचकको यो साता बिमा समूह बाहेकका सबै समूहको परिसूचकमा सुधार आएको छ । सबैभन्दा बढी जलविद्युत् समूहको परिसूचकमा ५२.९२ अङ्कले वृद्धि भएको छ भने व्यापार समूहमा कुनै परिवर्तन आएको छैन ।त्यसैगरी वाणिज्य बैंक समूहको नेप्सेमा २८.६७ अङ्कले सुधार आएकामा होटल समूहको नेप्सेमा ३१.२२ अङ्कले सुधार आएको नेप्सेले जनाएको छ ।

अन्य समूहको नेप्सेमा भने सामान्य सुधार आएको छ ।‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ४.३९ अङ्कले बढेर १८६.७३ अङ्कमा आइपुगेको छ ।यस साता कारोबार रकमको आधारमा सोल्टी होटल अग्रस्थानमा छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा सिद्धार्थ लगानी वृद्धि योजना अग्रस्थानमा छ ।

त्यसैगरी कारोबार सङ्ख्याका आधारमा मेगा बैंक अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार हुन सकेन । रासस

Post Comment