महोत्सवमा रु दश लाखको सुन्तला बिक्री

अर्थ​

धनकुटा, ६ पुस । एसियाकै रसिलो र गुलियो सुन्तला पाइने ठाउँका रूपमा परिचित खोकुमा आयोजित प्रथम राष्ट्रिय सुन्तला महोत्सवमा रु १० लाख मूल्य बराबरको सुन्तला बिक्री भएको छ ।

 

करिब रु १५ लाख बराबरको कारोबार भएको अनुमान गरिएको महोत्सवमा सुन्तला मात्रै दुई तिहाई बिक्री भएको आयोजकले जनाएको छ । तीन दिनसम्म सञ्चालित महोत्सवमा स्थानीय कृषकले महोत्सवस्थल तथा बगैँचाबाटै सुन्तला बिक्री गरेका हुन् ।यसअघिका वर्षमा विभिन्न ठाउँमा लगेर सुन्तला बिक्री गर्दै आए पनि यस वर्ष भने महोत्सवका कारण गाउँबाटै सुन्तलाको व्यापार राम्रो भएको भन्दै किसानले खुसी व्यक्त गरेका छन् ।

महोत्सवले सुन्तला बिक्रीबाट लाखाँ रकम गाउँमा भित्र्याउनाका साथै कृषकलाई व्यावसायिक रूपमा सुन्तला खेती गर्न थप उत्साहित समेत बनाएको महोत्सव प्रचारप्रसार समिति संयोजक नगेन्द्र राईले जानकारी दिनुभयो  रासस

Post Comment