पाल्पा, ६ पुस । सदरमुकाम तानसेनमा आगामी फागुन १ देखि १० गतेसम्म ‘पाल्पा महोत्सव २०७१’ को हुने भएको छ ।
पाल्पा उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य सङ्घको मुख्य आयोजनामा हुन लागेकोे मेला सफल पार्न सङ्घका अध्यक्ष राजु महर्जनकोे संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । पर्यटकीय विकाससंँगै कृषि उत्पादन, घरेलु तथा साना उद्योगको बजार विस्तार प्रवद्र्धन गर्ने उद्देश्य महोत्सवको छ ।
पाल्पाली ढाकाटोपी, हाँसको छोइला र चुकाउनी, एसियाकै ठूलो घन्ट, पाल्पा दरबार, श्रीनगर, रानीघाट, सत्यवती ताल आदिले पाल्पा प्रसिद्ध छ । रासस