काठमाडौँ, ८ पुस । विश्व बैंकका देशीय निर्देशक टाकुया कामताले विश्व बैंकले नेपालको अर्थिक विकासमा पु¥याउँदै आएको योगदानलाई थप प्रभावकारी बनाउने बताउनुभएको छ ।
नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग आज भएको भेटमा उहाँले नेपालमा लगानीको उपयुक्त वातावरण बन्दै गएको र निजी क्षेत्रको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।उहाँले विश्व बैंकले नेपाललाई पु¥याएको सहयोगको चर्चा गर्दै अगामी दिनमा त्यसलाई थप प्रभावकारी बनाउने जानकारी दिनुभयो ।
छलफलमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा शान्ति प्रक्रिया निष्कर्षमा पुगेको र संविधानसभाको निर्वाचनपछि संविधान बन्ने वातावरण बनेकामा व्यवसायीको मनोबल उच्च भएको बताउनुभयो ।हालै भारतसँग भएको विद्युत् व्यापार सम्झौता र परियोजना विकास सम्झौताले नेपालप्रति अन्तर्राष्ट्रिय लगानीकर्ताको उत्साह बढेको बताउनुभयो । रासस