काठमाडौँ, २५ जेठ । दक्षिण कोरियाको विदेश मन्त्रालयको निमन्त्रणामा कोरिया जानुभएका परराष्ट्र सचिव शङ्करदास वैरागीले त्यहाँका प्रथम उपविदेशमन्त्री लिम् सुङ्गामसँग आज द्विपक्षीय भेटवार्ता गर्नुभएको छ ।
कोरियाको सियोलस्थित विदेश मन्त्रालयमा भएको भेटमा द्विपक्षीय सम्बन्धको प्रगति तथा आर्थिक सहायताका विषयमा समीक्षा गरिएको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ ।
सो अवसरमा नेपालको सामाजिक, आर्थिक विकास तथा भूकम्पपछिको पुनःनिर्माणका लागि कस्ता सहयोग आवश्यक पर्छ भन्ने विषयमा पनि उहाँहरुबीच छलफल भएको थियो ।
दूतावासका अनुसार उहाँहरुबीच दुवै देशले आपसी सम्बन्ध र महत्वलाई प्राथमिकता दिँदै द्विपक्षीय व्यापार, पर्यटन र श्रम एवम् आपसी सम्बन्ध तथा लगानीका विषयमा छलफल भएको थियो ।