इक्यान शैक्षिक मेला सम्पन्न

अर्थ​

ECANकाठमाडौँ, ३१ जेठ । नेपाल शैक्षिक परामर्श सङ्घ ९इक्यान०को १०औँ शैक्षिक मेला करिब एक लाख ५० हजारले अवलोकन गरी आज सम्पन्न भएको छ ।

यही जेठ २८ गतेदेखि स्थानीय भृकुटीमण्डपमा सुरु भएको मेलामा मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाताका २०५ शैक्षिक परामर्श कक्ष थिए भने विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिको सहभागिता थियो । नेपालबाट विशेष गरी भारत, अस्ट्रेलिया, अमेरिका, बङ्गलादेश, न्युजिल्यान्ड, बेलायतका साथै युरोप महादेशका विभिन्न देशमा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी जाने गर्छन् । प्रत्येक वर्ष करिब ३० हजार विद्यार्थी विदेश जाने गरेको बताइएको छ ।

नेकपा ९एमाले०का सचिव योगेश भट्टराईले आज मेलाको अवलोकन गर्दै अब स्वदेशमा नै गुणस्तरीय शिक्षाको विकास गरी अन्तर्राष्ट्रिय मापदण्डको उत्कृष्ट शैक्षिक कक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिलेको शिक्षा पद्धतिले विद्यार्थीलाई रोजगारी र उत्पादनसँग जोड्न नसकेका कारण विदेशमा गएर पढ्न चाहने विद्यार्थीको आकर्षण बढदै गएकामा चिन्ता व्यक्त गर्नुभयो । आजको मेला एमाले केन्द्रीय सदस्य ठाकुर गैरे र नेपाली काँग्रेसका युवा नेता सांसद रामहरि खतिवडाले पनि अवलोकन गर्नुभयो ।

मेलामा विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई विभिन्न देशका शिक्षण पद्धति, त्यहाँको शैक्षिक वातावरण र अध्ययन संस्थाका बारेमा जानकारी गराइएको सङ्घका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिनुभयो । विद्यार्थी, अभिभावक, विभिन्न राजनीतिक दलका नेता, खेलाडी, प्राध्यापक, समाजसेवी र पत्रकारको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ ।