काठमाडौँ, २७ मङ्सिर । सूचना प्रविधिको क्षेत्रमा आएको द्रूत विकासले आज विश्वलाई एउटा कुनामा सीमित गरिदिएको छ ।
सूचना प्रविधिको विश्व क्रान्तिमा आधुनिक विज्ञान तथा प्रविधिको खोज तथा आविस्कारबाट आएको विभिन्न वैज्ञानिक परिणाम र तर्कले अझ यसको महत्वलाई फराकिलो बनाउँदै लगेको छ ।सूचना प्रवाहको छिटो, छरितो र प्रभावकारी बन्दै गएको डिजिटल सञ्चार माध्यमको रुपमा फस्टाउँदै गएको अनलाइन मिडिया तथा सामाजिक सञ्चालन सूचना प्रविधि उपयोगिताका महत्वपूर्ण आधार हुन् ।
नेपालजस्तो विकासोन्मुख मुलुकमा सूचना प्रविधिको सकारात्मक तथा नकारात्मक उपयोगिता देखिन्छ, तथापि सूचना प्रविधिलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउने भन्ने राज्यको उचित नीति नहँुदा यसलाई नियन्त्रण र नियमन गर्नु चुनौतीपूर्ण बन्दै गएको छ ।
एक्काइसौँ शताब्दीको आधुनिक युगमा सूचना तथा सञ्चार प्रविधिको भरपुर उपयोग गर्न सकेको खण्डमा मात्रै मुलुकको सर्वाङ्गीण विकास हुन्छ ।सूचना प्रविधिको महत्व र उपयोगितालाई मध्यनजर गरी नयाँ बन्ने संविधानमा यसलाई स्थान दिइनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।आइसिटी पत्रकार विकास मञ्चले आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजना गरेको ‘नयाँ संविधानमा सूचना प्रविधिको स्थान’ विषयक अन्तक्र्रियामा दलका नेता तथा सूचना प्रविधिको क्षेत्रमा संलग्न व्यक्तित्वले सूचना प्रविधिको विकास र व्यावहारिक प्रयोजनका लागि उचित नीति बनाउन जरुरी भएको बताए ।
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का नेता माधवकुमार नेपालले नयाँ संविधानमा सूचना प्रविधिको महत्वलाई स्थान दिइनुपर्ने बताउनुभयो ।“हामीकहाँ सूचना प्रणालीको अभाव छ, विज्ञान र प्रविधिको आविष्कार तथा खोज, अनुसन्धानका पक्षलाई व्यवहारमा लागू गर्न र सूचना प्रविधिको माध्यमबाट सेवा सुविधालाई कसरी जनतासम्म छिटो र प्रभावकारी पु¥याउन सकिन्छ भन्नेतर्फ ध्यान दिन जरुरी छ”, उहाँले भन्नुभयो ।
नेता नेपालले सूचना प्रविधिका नयाँ आविष्कार उपयोगमा नेपाल विकसित मुलुकभन्दा कम नरहेको तर यसको राम्रोसँग प्रयोग हुनेभन्दा पनि प्रविधिको दुरुपयोग गरेर भ्रष्टाचार तथा अन्य अपराधजन्य क्रियाकलाप गर्ने प्रवृत्ति बढेको उल्लेख गर्नुभयो ।सभासद्द्वय दीपक कुइँकेल र बहादुरसिंह लामाले सूचना प्रविधिको महत्वलाई बुझेर संविधानमै व्यवस्था गर्न जरुरी भएको र यसका लागि निर्धारित समयमै संविधान जारी गर्न आम समुदाय सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले सूचना प्रविधिले आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रको विकास र प्रवद्र्धनमा खेलेको भूमिकालाई मध्यनजर गरी यससम्बन्धी राज्यले उचित नीति बनाउन जरुरी भएको बताउनुभयो ।उहाँले सूचना प्रविधिको सकारात्मक र नकारात्मक उपयोग भइरहेको उल्लेख गर्दै यसलाई उपयोगी र प्रभावकारी बनाउन नयाँ संविधानमा सूचना प्रविधिको महत्वलाई ध्यान दिई भिन्न संवैधानिक आयोगका रुपमा स्थापित गरिनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले सूचना प्रविधिको विकास र उपयोगिताको उदाहरण पछिल्लो समय फस्टाउँदै गएको डिजिटल मिडिया ‘अनलाइन’ जुन अत्यन्तै प्रभावकारी रहेको र यसलाई नीतिगत रुपमा व्यवस्थापन गर्न चुनौती बढेको बताउनुभयो । उहाँले प्रविधिको प्रवद्र्धन र उपयोग गर्न नीतिगत र व्यावहारिक बनाउन संविधानमै व्यवस्था गरिनुपर्नेमा समेत जोड दिनुभयो ।
सूचना प्रविधि विभागका महानिर्देशक वीरेन्द्रकुमार मिश्रले मुलुकका ग्रामीण भेगका जनतासम्म सूचना प्रविधिको पहुँज विस्तारका लागि एकीकृतरुपमा प्रभावकारी कार्यक्रम ल्याउन जरुरी भएको बताउनुभयो ।अधिवक्ता गान्धी पण्डित, कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) का अध्यक्ष इन्जिनियर विनोद ढकाल, आइसिटी पत्रकार विकास मञ्चका महासचिव मुकुन्द्र ढुङ्गानालगायत सूचना प्रविधिको महत्वबारे प्रकाश पार्नुभएको थियो ।
त्यस अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने क्यानका अध्यक्ष ढकाल, पर्यटन पत्रकार मञ्चका अध्यक्ष शिव अधिकारी, आरोही दावाछिरी शेर्पा र व्यवसायी रामशरण कार्कीलगायतलाई मञ्चले कदरपत्रद्वारा सम्मान गरिएको थियो । रासस (सिवी अधिकारी)