बन्दी समय र सम्बिधान

विचार

 

  • फेरि एकपटक पुरानै कथा, दृष्टिहिनहरु र हात्तीको, सर्वबोधी उत्तर
  • उच्चासनमा बस्ने दृष्टिधारीको सत्य र दृष्टिहिनका सत्यामा भेद त हुन्छ नै
  • तर के ती गलत थिए र ? प्रश्न गम्भीर छ, उत्तर सहज छैन
  • उत्तर सहज छैन र त खोज्नु जरुरी छ, गम्य, सर्वसुलभको खोजी समयले कहिले नै गर्‍यो र ! मानिसको दृष्टि त सँधै ब्रम्हाण्ड भन्दा नि पारी केन्द्रित रहँदै आएको छ ।
  • या बस्तुको अणु, परमाणु, इलेक्ट्रोन, प्रोट्रोन, न्यूट्रोन र नियोनलाई पनि भेदेर अझ भित्र जान चाहन्छ
  • दृष्टिहिनहरुका परस्पर विरोधी निष्कर्ष अपूर्ण/असत्य भन्ने आधार के ? अनुभवको आधारमा ती सही नै छन् भने अपूर्ण असत्य भनेर दृष्टिवान मात्र तर्क गर्न सक्छ
  • महामानव बुद्धले भनेथे, “वत्स, मेरै वाणीमा पनि आँखा चिम्लेर विश्वास नगर्नु ।” अनुभव र ज्ञानको चाल्ना तर्फ सङ्केत थियो महामानवको
  • ज्ञान अर्थात् हरेक पुर्खाहहरुको एक पूर्ण जीवनको अनुभवको निचोड, विश्वसनीय श्रोत/साधन । मानव सभ्यताको सुरुवात देखि नै एकपछि अर्को पुस्तामा हस्तान्तरीत हुँदै आएको यही निष्कर्षले नै हामी आफूलाई ढुंगे युगबाट यहाँसम्म परिवर्तित गर्दै ल्याएर सभ्य भनाउन चाहन्छै
  • ती दृष्टिहिन थिए तर तिनमा दृष्टिकोण थियो, अन्यथा उत्तर कसरी सम्भव हुन्छ र !
  • चाहे अलग अलग नै किन नहोस् दृष्टिकोण थियो र त निष्कर्ष निकाले, कमी थियो त निष्कर्ष समन्वयनको, अन्यथा वास्तविक हात्तीको चित्रण गर्न समर्थ हुन्थे
  • तिनका प्रतेक दृष्टिकोणमा सत्यांश थियो, आफ्नो ज्ञान र अनुभव अनुरूपको
  • ती दृष्टिहिन थिए, माफिलायक, तर हामी दृष्टिधारी ? गहन प्रश्न यहाँ छ
  • देशको संविधान अहिले दृष्टिहिनको बिचमा हात्ती समान संसदमा बिचाराधिन अवस्थामै अडकिएको छ
  • पानीले आफ्नो बाटो आफै बनाउँछ, थुनिए दह बन्छ, ताल बन्छ र झन् थुप्रिएर बस्छ
  • मानिसले प्रकृतिसँग धेरैबेर पौँठेजोरी खेलेर बस्न सक्दैन, थुनिएर बसेको तालको पानी रकोरिहन सक्दैन
  • देशको मुख धेरैपटक दूध पिउँदा जलेको छ, सामान्य ज्ञानले पनि मोही प्युँदा फुकेर प्युँन सिकाउँछ
  • सरकार लाज छोपेर नाङ्गै हिँडने कपडा होइन्
  • सरकार अफ्रिकाको शक्तिशाली कालो जादु पनि होइन्
  • सरकार कूकार्य गर्न दिइएको अनुमतीपत्र होइन्
  • राज्यकोष भुपुको श्राद्ध गर्नलाई संचित धन होइन
  • सरकार कमजोरहरु माथि अन्याय, अत्याचार र शोषण गर्ने शक्ति होइन्
  • सरकार दावानल हो, यहाँ किसानका पसिनाको राप छ, मजदुरका श्रमको तातो छ, गरिब निमुखाहरुको आँसुको अग्नी प्रज्वलित छ
  • पानी धेरैबेर दह परेर बस्न सक्दैन, बाटो खोज्छ
  • सावधान ! पानी एकैमुष्ट नबगोस, सुरुदेखि अन्त्यसम्म प्रलय मच्चाएपछि मात्र यसको वेग मन्थर हुन्छ
  • वाद साधन हो साध्य होइन्, दृष्टिहिनहरुले हात्ती छामेजस्तो छामीरहनु र आफ्नै अडकलगीता गाईरहनुको के लाभ ?
  • बुद्धले पनि आफ्नो वाणीमा आँखा चिम्लेर विश्वास नर्ग भनेका थिए भने आयातीत बादहरु पनि पूर्ण सत्य हो भनेर ठोकुवा गर्ने को ? आधार के ?
  • प्रयोग भइरहेका बादहरु नेपाली धरातलमा नेपाली सोचको मलजल पाएर हुर्केका होइनन् भने आँखा चिम्लेर विश्वास गर्नु या सर्वज्ञान भनेर घोषणा गर्नुको औचित्य छैन ।
  • पानीले सौम्य निकास चाहेको छ, भद्र स्थापना चाहेको छ
  • अनुभव सीमारहित नभएकै हुँदा निष्कर्ष परस्पर विरोधी हुनसक्छन्
  • सीमित व्यक्तिगत अनुभवलाई सर्वज्ञान मान्नु दृष्टिको संकुचन हो, सोचको सिमितता ह
  • आवश्यकता दृष्टि निर्मलीकरणको छ
  • आवश्यकता दूरदृष्टिको छ
  • आवश्यकता सम्यक दृष्टिको छ
  • आवश्यकता निष्कर्षहरुको समन्वयनको छ
  • देश अनिर्णयको बन्दी बनिरहन सक्दैन
  • देश कोमामा बाँचिरहन सक्दैन
  • पानी दह परे गन्हाउँन थाल्छ, यसलाई निकास देऊ
  • देशलाई सम्बिधान देऊ
  • युग चिन्तनाले यही देखेको छ ।

0 Comments

Post Comment