DV, नौलो जीवन र नयाँ अनुभव

मंगलबार , असार २१, २०७९
ब्लग

अमेरिका एउटा यस्तो देश जुन संसारका हरेक व्यक्तिका लागि एउटा सपनाको देश अझ हाम्रो जस्तो अविकसित देशका मान्छेको लागि त एउटा नया संसार जस्तो । मेरो बिचारमा अमेरिका आउने भनेपछि जान्न भन्ने मान्छे नेपालमा बिरलै भेटिन्छ होला र यदी भेट्टिये त्यो संसारको आठौ आस्चर्य हो भन्नु अतियुक्ति नहोला । म पनि एउटा नेपाली भएको कारणले त्यो धारणा मेरो लागि पनि लागु हुन्छ । बच्चै देखि अमेरिका आउने ठुलो रहर थियो तर आर्थिक अभाबका कारण पढ्न आउने कहिले आट नै आएन र अरु तरिकाले प्रयाश गर्ने त कुरै भएन । तैपनि एउटा आशा थियो त्यो भनेको  DV परेर आउने तेसैले  धेरै वर्ष लगातार DV भरियो तर  कहिले परेन अनि त्यो बाँकी भाको सानो त्यान्द्रो आशा पनि मर्न लागेको थियो । कहिले कहिँ यस्तो लाग्थ्यो कि अब अमेरिका जाने रहर पनि सपना हुने भयो । तेसैले DV को पनि भर पर्न छोडी सकेको थिए र कहिले मन लागे भर्ने कहिले मन नलागे नभर्ने गर्न थालियो ।  भनिन्छ मान्छेले जे कुराको धेरै चाहना गर्छ त्यो कुनै न कुनै मध्यमबाट पुरा हुन्छ र त्यो भनाइ मेरो सन्धर्भमा ठयाक्कै लागु भयो । नभन्दै 2014 नतिजामा मेरी श्रीमतीलाई DV पर्यो अनि हामी अमेरिका आउने पक्का भयो। यो कुरा जब मैले मेरो साथी जो २००९ देखि अमेरिका मा थियो उसलाई सुनाए, उ सारै नै खुसि भयो अनि उसले आफु  बसेको ठाउँ कोलोराडो आउन मलाई सल्लाह दियो र यहाँ सबै बेवस्था मिलाउने आश्वासन पनि  दियो । मैले पनि उसको आग्रहलाई ठिकै ठाने र केहि नसोची  उतै जाने निर्णय गरे । हामी सबैको अमेरिका आउने उद्देश्य भनेको धेरै पैसा कमाइ हुन्छ भनेर हो । मैले पनि उसलाई कमाई कस्तो हुन्छ भन्ने प्रश्न गरेको थिए र जवाफमा उसले यत्ती मात्र भनेको थियो कि अरु कुरा केहि नसोच मात्र यती सोच कि  You Are Going to Live A Better Life जुन कुराले मलाई निकै नै उर्जा प्रदान गर्यो अनि DV प्रक्रिया गर्न दत्तचित्त भएर लागे । करिब ७ महिना लामो ब्यग्र प्रतिक्ष्या र प्रक्रिया पुरा गरेर ३० अक्टोबर २०१३ मा हामीले VISA पायौं ।

त्यसपछी यात्राको तयारी गर्न लगियो अनि डिसेम्बर १०, २०१३ को फ्लाईट बुक गरियो । हामी एकदमै खुसि थियौं र निकै उत्साहित पनि । एउटा नयाँ जीवनको सुरुवातको लागि नयाँ यात्रा तय गर्दै थियौं ।

११ डिसेम्बर २०१३ मा कोलोराडो आइपुग्यौ र साथीबाट सोचेको भन्दा धेरै धरै सहयोग पाइयो जुनकी आफन्तले पनि गर्दैनन् । हुनत कुनै पनि नयाँ ठाउँमा स्थान्तरण हुनु भनेको चुनौतिपूर्ण काम हो तर एउटा अशल साथीको साथ पाइयो भने सजिलो हुदो रहेछ । कुनै संघर्ष बिनै यहाँ Settle हुन सकिदोरहेछ र मेरो भाग्यमा त्यही पर्यो । आएको ३ दिनमै एउटा ग्यास स्टेशनमा रातिको काम पाइयो । ६ महिनासम्म बुडा बुडी मिलेर कहिले दिनमा अनि कहिले रातमा काम गरियो । यसै दौरान मैले अरु दुई ठाउँमा काम गर्न पनि भ्याए। कहिले काही त २४ घण्टा पनि काम गरियो। मेरो अनुभबमा यहाँ दुख जती गरे पनि अन्तमा जुन चेक हाथ पर्छ तेस्ले एती आनन्द दिदोरहेछकी ति सबै दुक्ख भुलिदो रहेछ। त्यो नै यहाँको सबै भन्दा राम्रो पक्ष हो जस्तो मैलाई लाग्छ। यहाँको अनेकौ राम्रा पक्षहरु मैले पाये। साँच्चैनै साथीले भने जस्तो लाईफ निकै राम्रो बनाउन सकिदो रहेछ यदी हामीले बनाउन चाह्यौं भने। यहाँ काम गरेपछी पैसा पाइदैन कि भन्ने डर नै नहुने तर  यहाँ आएर रातारात करोडपती बनिन्छ भन्ने भ्रम चाँही सत्य होइन बरु जीवन सरल बनाउन सकिन्छ र आफ्नो छोरा छोरीको भबिश्य चाँही उज्ज्वल बनाउन सकिन्छ। यहाँ काम ठुलो हुन्छ र कामलाई पूजा गरिन्छ। कामलाई सम्मान गरिने भएकाले सम्पत्ति र पारिवारिक पृष्‍ठभूमीको महत्व हुदैन । नेपालमा एक दिन काम गरेर उस्तै परे एक छाक मासु खान पनि धौ धौ पर्छ तर यहाँ एक हप्ता काम गरेर एक महिनालाई खान पुग्ने कमाउन सकिन्छ जस्तो सुकै काम गरे पनि। यहाँ हरेक कुरा सिस्टममा चलेको हुनाले सिस्टम अनुसार चल्दा कुनै कठिनाई हुँदैन। प्राय जस्तो काम घरैबाट गर्न सकिन्छ जस्तो कि पानी, बत्ती, ईन्टरनेट, फोन अनी हरेक कुराको बिल तिर्ने काम। कुनै अफिस धाउनु नपर्ने घन्टौं लाइन बस्नु नपर्ने । हरेक काम छिटो छरितो मध्यमबाट हुने। आजसम्म पनि हुलाक अतिनै प्रभाबकारी रूपमा सन्चालन भइरेहेको देख्दा मलाई अचम्म लाग्यो। मान्छेको लाखौं डलरको चेक पनि हुलक मार्फत नै भुक्तनी हुने भनेपछी अरुको त कुरै नगरौ। सुचना प्रबिधीको ब्यापक प्रयोगले यहाँको जीवन अतन्त्य सहज छ। सरकारको हरेक काम कारबाही चुस्त दुरुस्त हुन्छ। हिउ परेको बेला तत्कल बाटो सफा गर्ने देखी जनतालाई सुबिधा दिने काम अत्यन्त द्रुतगतीमा गरिन्छ। यहाँको सरकारी बिध्यालय पनि अतिनै सुबिधा सम्पन्न छ र जुन किसिमको केअर बच्चाहरुलाई गरिन्छ त्यो नेपालमा महिनाको ४०/५० हजार तिर्ने स्कुलमा पनि पाइदैन। हप्ताको ४० घण्टाको कामले एउटा मान्छेले राम्रै जीवन बिताउन सक्छ एउटा सानोतिनो गाडी पनि राखेर। यहाँ धेरै नेपालीको गुनासो भनेको कर बढी तिर्नु पर्छ भन्ने हो तर जुन किसिमको सुबिधा यहाँ पाईन्छ त्यो कर तिर्नु जायज लाग्यो मलाई फेरी नकमाउनेसँग धेरै कर पनि त लिदैन। उल्टै पछी फिर्ता गर्छ सरकारले । यहाँ धेरै मान्छेले आफ्नो कार पछाडि Respect Life भनेर stiker टासेको देख्दा साँच्चै राम्रो लाग्यो मलाई। कतिपय मान्छेहरु यती सहयोगी देखेको छु कि कसैले केही समान किन्नलाग्दा पैसा पुगेन भने अपरिचितले पनि पैसा हाल्दिने ।

समग्रमा भन्दा मेरो अमेरिका बसाइ सुखद नै मान्छु किन कि म एउटा साकारात्मक मान्छे हुँ अनी सानोतिनो नकारात्मक कुराले तेत्ती चाँडो  मलाई बिचल्लित बनाउन सक्दैन। यस्को अर्थ यहाँ सबै साकारत्मक कुरा मात्र छन भन्ने पनि होइन। केही नकारात्माक कुराहरु पनि छन तर ति सबै साकारात्मक पक्षका अगाडि फितलो छन मेरा लागि भन्ने मेरो बुझाई छ ।

Post Comment