देवराज सापकोटाको कोलोराडोमा गाडी ठक्करका कारण निधन

देवराज सापकोटाको कोलोराडोमा गाडी ठक्करका कारण निधन
सोमबार , अषोज १७, २०७९
कोलोराडो भर्खरै

कोलोराडो बोल्डर निवासी देवराज सापकोटा, बर्ष ३८, को बाटो काट्ने क्रममा अप्रिल १९ तारिकका दिन गाडीले ठक्कर दिदा मृत्यु भएको बोल्डर काउन्टीको कार्यालयले जनाएको छ ।

बोल्डर स्थित काठमाण्डौ रेष्टुरेन्टमा कार्यरत देवराजलाई लुइसभिल स्थित यूएस ३६ मा बाटो काट्ने क्रममा गाडीले ठक्कर दिदा मृत्यु भएको कोलोराडो स्टेट पेट्रोल टुपर गेरी कट्लरले जनाएका हुन् ।

सापकोटाका नजिकको आफन्त कोही नभएका कारण पोष्टमार्टम भई सकेता पनि पार्थिव शरिर कसैलाई हेर्न दिईएको छैन ।

धादिङ जिल्ला निलकण्ठ नगरपालिका ४ अल्छिडाडा घर भएका सापकोटा भाग्यको खोजिमा ६ बर्ष आगाडी अमेरीका आई पुगेका थिए । घरमा ८० बसन्त पार गरेका आमा बुबा, श्रीमती र सानो छोरालाई छोडेर अमेरीका आएका सापकोटाको निधनको खवरले परिवारमा ठुलो बज्रपात परेको छ ।

उनको अन्तिम दाह संस्कार सम्पन्न गर्न उनको परिवारलाई नेपालबाट झिकाउने पहल भईरहेको एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष आरसी पन्तले बताएका छन् ।

उनले नेपाली समुदायमा परेको यस दुःखद घडीमा यस समस्याको समाधान गर्न यथासक्य साथ र सहयोगको लागी सबैसंग अनुरोध गरेका छन् ।

सापकोटाको अन्तिम संस्कार सम्पन्न गर्न गोफण्ड खोलीयो – सहयोगको लागी अपिल