सापकोटाको अन्तिम संस्कार सम्पन्न गर्न गोफण्ड खोलीयो – सहयोगको लागी अपिल

सापकोटाको अन्तिम संस्कार सम्पन्न गर्न गोफण्ड खोलीयो – सहयोगको लागी अपिल
सोमबार , अषोज १७, २०७९
अमेरिका कोलोराडो

कोलोराडो निवासी देवराज सापकोटाको बाटो काट्ने क्रममा मृत्युको खबर सँगै धादिङ नेपाली समाज अमेरीका र एनआरएन कोलोराडो च्याप्टरको संयूक्त प्रयासमा अन्तिम दाह संस्कार सम्पन्न गर्न कोलोराडो स्थित सबै सामाजिक संघ संस्था, समाजसेवीहरुको सुझाव अनुसार आर्थिक सहयोग संकलनका लागि धादिङ नेपाली समाज अमेरीका र एनआरएन कोलोराडो च्याप्टरको नाममा गोफण्ड खोलीएको एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष आरसी पन्तले बताएका छन ।

गोफण्ड

https://www.gofundme.com/f/devraj-sapkota-accident

उनले नेपाली समुदायमा परेको यस दुःखद घडीमा यस समस्याको समाधान गर्न यथासक्य साथ र सहयोगको लागी सबैसंग अनुरोध गरेका छन् ।

देवराज सापकोटाको कोलोराडोमा गाडी ठक्करका कारण निधन