सम्पादकीय – कोलोराडो सप्ताह – अभियानमा कोही नछुटौं
कोलोराडोमा नेपाली भाषी मनहरुलाई जोड्नेका प्रायस स्वरुप नेपाली सामुदायीक भवन निर्माणका लागी भैरहेको कोलोराडो सप्ताहको आज अन्तिम दिन हो ।
करिब ८-९ बर्ष अघी केहि व्यक्तित्वहरुले नेपाली सामुदायीक भवन बनाउने उद्देश्यले अघी बड्दै गर्दा – धेरै शंका र उप-शंका रहेको थियो । नेपाली घरले अब यस अभियानलाई आफ्नो मात्रै अभियान नबनाई संपूर्ण नेपाली भाषी जनसमुदाय र संपूर्ण नेपाली तथा भुटानी सस्थाहुरुको पनि अभियानको रुपमा अघी बडाउने भने सँगै कोलोराडो रहेका संपुर्ण सस्थाहरुको आयोजना भैरहेको सप्ताहलाई सफल बनाउने जिम्मा संपुर्ण कोलोराडो बासी नेपाली भाषीलाई आएको छ ।
समाज सेवी पुर्ण गुरुङले भन्नु भए जस्तै आजको दिन उहाले दिनु भएको सहयोग – दान वा चन्दा नभएर यो एक अभियानको लागी हो – हामी सबै नेपाली भाषी जनसमुदायले आफ्नै अभियानको रुपमा लिएर अघी बड्ने समय आएको छ । आजको दिन सम्म कोलोराडोमा यती धेरै समय र मेहेनत चाहिने पबित्र कार्य यस अघी नभएको र यो पहिलो चोटी हुँदै गर्दा सबै नेपाली भाषी समुदायलाई आफ्नै अभियानको रुपम लिनु हुन पनि अनुरोध गर्दछौ ।
हामी अनुरोध गर्न चाहन्छौ – संपुर्ण कोलोराडो बासी नेपाली भाषी समुदायलाई आजको अन्तिम दिनमा मा सामेल भएर – आफ्नो क्षमता अनुसार आर्थिक तथा नैतिक सहयोग गर्नुहोस।
नेपाली सामुदायीक भवन निर्माण अभियानलाई आज को दिनसम्म ल्याउनु हुने व्यतित्वहरुलाई USNEPAL NEWS धन्यवाद दिन चाहन्छौं ।