काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आप्रवासन नीति र सीमामा पर्खाल लगाउने योजना विरुद्ध मेक्सिकोमा दशौं हजार नागरिक सडकमा उत्रिएका छन् । दर्जनौं शहरमा भएको प्रदर्शनमा सेतो पोशाकधारी प्रदर्शनकारीले ट्रम्प विरोधी प्ले कार्ड बोकेका छन् ।
ट्रम्पको आप्रवासन नीति विश्व समुदायको लागि नै चुनौती भएको उनीहरुको भनाइ छ । प्रदर्शनबाट ट्रम्पविरुद्ध मेक्सिको एक रहेको सन्देश प्रवाह गर्न चाहेको आयोजकको भनाइ छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको २ सय माइल लामो सीमामा पर्खाल लगाउने योजना चुनावी अभियानमै सुनाएका थिए । प्रदर्शनकारीहरुले राष्ट्रपति इनरिक पेना नियटोले भ्रष्टाचार नियन्त्रण गर्न र हिंसा घटाउन नसकेको भन्दै आलोचना समेत गरेका छन् ।