देउवालाई छोडेर किन भारतिय दुतावास पुगे मधेसि नेता ?

देउवालाई छोडेर किन भारतिय दुतावास पुगे मधेसि नेता ?
जनसरोकार

राष्ट्रिय जनता पार्टीका नेताहरु मंगलबार बिहानै भारतीय दूताबास पुगेका छन् । सरकारले स्थानीय तह निर्वाचनको मिति सार्दा पनि चुनावमा जान आनाकानी गरिरहेका बेला राजपा नेताहरु लैनचौर पुगेका हुन् ।

राजपानिकट स्रोतका अनुसार नेताहरु मंगलबार बिहान ९ बजे दूताबास पुगेका थिए । दूताबास गएका कारण सहमतीय सरकार गठनबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा राजपाका शीर्ष नेताहरु अनुपस्थित रहे ।

संसद भवनमा बसेको बैठकमा राजपाका लक्ष्मणलाल कर्ण, नरसिंह चौधरी र डिम्पलकुमारी झा मात्रै उपस्थित थिए ।

अध्यक्ष मण्डलका सदस्यहरु भने उपस्थित भएनन् । उनीहरु दूताबासको बैठकमा गएका थिए ।

यद्यपि दूताबासमा के छलफल भयो भन्ने नेताहरुले बताएका छैनन् ।

Post Comment