नेपाली चेलीलाई बारम्बार बलात्कार गर्ने भारतीय नागरिकलाई रंगेहात समातेपछि रविको प्रशंसा

नेपाली चेलीलाई बारम्बार बलात्कार गर्ने भारतीय नागरिकलाई रंगेहात समातेपछि रविको प्रशंसा
जनसरोकार

नेपालका प्रतिष्ठित कलेजहरुमा म्यानेजमेन्ट पढाउँदै आएका भारतीय नागरिक वि.एस. गौतम भनेर चिनिने बोधीसत्व गौतम भट्टाचार्यले आफ्नै विद्यार्थी र किशोरीहरुलाई ब्ल्याकमेल गरि यौन शोषण गर्दै आएको खुलेको छ ।

कोलकत्ता घर भई हाल काठमाडौंको कालोपुल बस्ने ५४ वर्षीय भट्टाचार्यले विभिन्न तरिकाले किशोरीहरुसँग शारीरिक सम्पर्क स्थापना गर्ने र नाङ्गा फोटा भिडियो खिचेर ब्ल्याकमेल गर्दै आएका थिए ।

हिजो मंगलबार बेलुका न्यूज २४ टेलीभिजनमा प्रसारित उक्त कार्यक्रम पछि रविको प्रशंसा झनै चुलिएको छ । यूटुबमा समेत अपलोड गरिएको उक्त कार्यक्रम हेर्ने नेपाली दाजुभाई दिदीबहिनीहरुले रवि लामिछानेको मुक्त कण्ठले प्रसंसा गरेका छन् ।

कतिले त रवि लामिछाने भगवान सरह भएको पनि लेखेका छन् । हुन पनि हिजोको कार्यक्रम निकै प्रसंसनीय छ ।
उक्त भिडियोको लिंक यहाँ पनि प्रस्तुत छ ।

[youtube https://www.youtube.com/watch?v=Uvz2Lwo0PiA]

Post Comment