काठमाडौं- अभिनेत्री करिश्मा मानन्धरले आफ्ना धरै बानी बदलिएको बताएकी छन्। डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालकी नेता समेत रहेकी मानन्धरले आज फेसवुक स्ट्याटस लेख्दै हिजो आज आफ्नो दिनचार्य र आनीबानी बदल्ने प्रयासमा रहेको जनाएकी हन्।
उनले आफुले प्लास्टिक झोला प्रयोग गर्ने बानीलाई पनि हटाउँदै कपडाको झोला प्रयोग गर्न थालेको उल्लेख गरेकी छन्। वातावरण जोगाउन सानो प्रयास भन्दै मानन्धरले अरुले पनि यस्तै गरिदिए हुने भन्ने अपेक्षा राखेकी छन्। मान्धरले स्ट्याटस सहित कपडाको झोला बोकिरहको तस्बिर पनि पोष्ट गरेकी छन्। उनले फेसवुकमा यसरी लेखेकी छन्, ‘शुभप्रभात साथीहरु .. आजकाल मेरा दिनचर्या का धेरै आनिबानी हरु बद्लिए संगै एउटा बानी आर्को बदल्ने प्रयास गर्दै छु त्यो के भने प्लास्टिक का झोला हरु प्रयोग नगर्ने तेसैले आजकल कपड़ा का झोला प्रयोग गर्छु बाताबरण जोगाउने सानो प्रयस ..यहाँ हरुको दिन शुभ रहोस ’
उनलाइ फेसवुकमा राम्रो कामको सुरुवात भनेर धेरैले कमेन्ट गरेका छन्। कसैले उनले तस्बिर खिचाउन मात्र यसो गरेको भनेर पनि भनेका छन्। त्यस्तो भन्नेहरुलाई उनले यसरी जवाफ दिएकी छन्
‘तपाईं ले फोटो मात्रै देख्नु भएछ त्यस् भित्र को संदेश देख्नु भएन. मेरो भनाई के भने हामी सबै को कोशिस ले बाताबरण को सुरक्षा गर्न सकिन्छ . फोटो नै खिच्न मैले झोला बोक्नु पर्दैन स्टुडियो मा खिच्न सक्छु .. मेरो भनाइ के भने प्राकृति ले हामी लाई निस्वार्थ जीवन दिएको छ भने प्राकृति र बाताबरण जोगाउनु हाम्रो धर्म हो र हम्रै लागि हो ..जो जे हो तेई बुझ्ने हो .its ok I’m doing this for goo’