‘म्युजिक भिडियो खेल्न रमाइलो लाग्छ’ कुराकानीको शुरुमै नायिका एवम् मोडल उषा खनालले भनिन् । तीजका साथै विभिन्न गीतहरूको म्युजिक भिडियोहरूमा बाक्लै देखिन थालेकी उषाका केही फिल्म पनि रिलिज भएका छन् । भने रिलिजको पर्खाइमा छन् ।
रिलिज भएका फिल्मले उषालाई खासै चर्चा दिलाउन नसके पनि म्युजिक भिडियोहरूले भने चर्चा दिएका छन् । ‘फिल्म सोँचे अनुसार चल्न सकेनन्’, उषाले भनिन्, ‘मेरो कम्जोरी हो कि कसको हो दर्शकले नै निर्णय गर्नु हुनेछ ।’ म्युजिक भिडियोहरूबाट भने उनी खुसी छिन् ।
‘फिल्मबाट धेरै चर्चा नपाए पछि अहिले भने म्युजिक भिडियोहरूमा चर्चा भएको छ जस्तो लागेको छ’, उषाले भनिन् ।
केही समय अघि बिरामी परेर भरखरै तंग्रिएकी उषाले अहिले आफ्नो स्वास्थ्यलाई पनि ध्यान दिने गरेकी छिन् । ‘लामो समय बिरामी पनि भएँ’, उनले भनिन्, ‘अब स्वास्थ्यमा पनि ख्याल गर्नुपर्ने भएको छ ।
यसैसन्दर्भमा विवाह कहिले गर्ने भनेर राखिएको जिज्ञासामा उषाले भनिन्, ‘खै कैहिले गर्ने हो थाहा छैन ? हेरौ समय त पक्कै आउँछ ।’ फिल्मी क्षेत्रमा लागेपछि बिबाद र चर्चा दुबै हुने गरेको बताउने उषा धेरै बिबादमा आएकी छैनन् ।
बेलाबेला केही निर्देशक र निर्माताहरूसँग नाम जोडिए पनि त्यस्ता आरोपलाई उनले खारेज गरेको बताइन् ।