‘कालो पोथी’ ओस्कार अवार्डका लागि मनोनित

मनोरन्जन

kalo pothi banner

काठमाडौं, भदौ २२ । नेपाली चलचित्र कालो पोथी ओस्कार अवार्डका लागि मनोनित भएको छ । ओस्कार अवार्डको विदेशी भाषा विधाको प्रतिस्पर्धाका लागि कालो पोथी छनौट भएको हो ।

मिनबहादुर भामले निर्देशन गरेको कालो पोथी आउँदो ओस्कार अवार्डका लागि उत्कृष्ट विदेशी भाषाको चलचित्र विधामा नेपालको तर्फबाट नोमिनेसनमा परेको हो । चलचित्र कालो पोथी गएको वर्ष भेनिस अन्तर्रा्ष्ट्रिय फिल्म फेस्टिभलमा क्रिटिक्स विकतर्फ उत्कृष्ट चलचित्र घोषित भएको थियो ।

विभिन्न अन्तर्रा्ष्ट्रिय चलचित्र महोत्सवमा देखाइएको चलचित्र कालो पोथी नेपालमा भने गएको जेठमा प्रदर्शनमा आएको थियो । चलचित्रमा दुई स्कुले छात्रको कथा समेटिएको छ ।

पश्चिम नेपालको मुगुको सेरोफेरो र त्यहीँको खस भाषा नै चलचित्रमा प्रयोग भएको छ । चलचित्रमा खड्गराज नेपाली र शुक्रराज रोकाया मुख्य भूमिकामा छन् ।

यस्तै नन्दप्रसाद खत्री, जितबहादुर मल्ल, हंश खड्का, बेनिशा हमाल, विपिन कार्की, प्रविण खतिवडा लगायका कलाकारले पनि अभिनय गरेका छन् । आउँदो फेब्रुअरी २६ मा अमेरिकाको हलिवुडमा रहेको डल्बी थिएटरमा ओस्कार अवार्ड समारोह हुनेछ ।