कमल सरगम
भाद्रा -२७ काठमाण्डौ ।
हिम सम्झौता डिजिटल प्रालिको प्रस्तुतिमा चर्चित गायक प्रकाश पराजुली र शिता केशीको लोकदोहोरी गीत “लुरो बनायो”बजारमा आएको छ ।आफ्नो प्रेमी प्रेमिका बिचको सम्बादलाई समेटियको गीतमा आफ्नो मायालुको चिन्ताले लुरो बनाएको र अझै दुख खेप्नु परेको कथालाई समेटियको गीतमा आवाज भने प्रकाश पराजुली र सबिना शेर्पाको रहेको छ ।शिता केशीको शब्द र प्रकाश पराजुलीको लयमा बजारमा आएको गीतको म्यूजिक भिडियोमा अभिनय भने एकिन्द्र ,धुर्ब सिता र रोशनीले गरेका हुन् ।एकिन्द्र सारा शंकरको निर्देशनमा तयार भएको गीतको छायांकन भने हरिश महराले गरेका हुन् ।अ्मर शाक्यको सम्पादनमा निर्माण भिडियो अहिले निकै चर्चामा छ ।हिम सम्झौताको युटुब च्यानल मार्फत सार्बजनिक गीत हेर्न तल क्लिक गर्नुहोस ।