प्रियंका सबैभन्दा बढि कमाउने अभिनेत्री

मनोरन्जन

मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडा सबैभन्दा बढी कमाउ टिभि अभिनेत्रीको सुचिमा परेकी छन् । हलिउड टीभी सो ‘क्वान्टिको’अभिनयका कारणले उनी यो सुचिमा परेकी हुन् ।

priyanka

फोब्र्स म्यागजिनले हालै सार्वजनिक गरेको सुचिमा उनको पनि नाम उल्लेख छ । यो प्रतिष्ठा पाउने प्रियंका पहिलो बलिउड सेलिब्रेटी बनेकी छन् । बिश्वका सबैभन्दा बढी कमाई गर्ने अभिनेत्रीको सुचिमा प्रियंका आठौ स्थानमा आएकी हुन् ।

सो सुचिमा अमेरिकी अभिनेत्री सोफिया वेरगार लगातार पाँच बर्ष देखि पहिलो स्थानमा आइरहेकी छन् । टीभी शो ‘मोडन फेमिली’का कारणले उनी पहिलो स्थानमा परेकी हुन् । वेरगार उत्पादको बिज्ञापन गर्ने मोडलको सुचिमा पनि अग्रस्थानमा छिन् । (एजेन्सी)