काठमाडौँ, ६ असोज । दुर्गिश फिल्मस्ले आफ्नो चौथों चलचित्र ‘सायद २’को रिलिज डेट सार्वजनिक गरेकबो छ । मुस्ताङमा चलचित्रको गीत छायांकन भइरहदा ‘सायद २’की निर्मात्री दुर्गिश थापाले चलचित्रको अफिसियल रिलिज मिति चैत ११ भन्दै सार्वजनिक गरेकी छन् ।
मङ्सिरमा चलचित्र रिलिज गर्ने योजना बनाएको ‘सायद २’ युनिटले चलचित्रको काम समयमा नै पुरा गर्न नसकेपछि चैतलाई उपयुक्त मिति ठानेको छ ।
सुनिल रावल, इश्वर श्रेष्ठ, सुभाष लामिछाने प्रोड्युसर रहेको चलचित्र पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् । चलचित्रमा केहि कलाकार ‘होस्टेल रिटन्र्स’का दोहोरिएका छन्, भने केहि नयाँ रहेका छन्।
चलचित्रमा मा सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमित ढुंगाना, कुशल पाण्डे, सुनिल रावल, सुशील सिटौला, निशा कार्की, रुबिना श्रेष्ठ र बुद्दीलाल मगरको समेत अभिनय रहेको छ ।