लालटिन बालेर ‘लालटिन’को टिजर सार्वजनिक

मनोरन्जन

काठमाडौं, ५ असोज । नेपाली चलचित्र ‘लालटिन’को टिजर तथा गीत सार्वजानिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक टिजर तथा गीत निकै रमाइलो तथा आकर्षक रहेको थियो । कार्यक्रममा चलचित्रको पोस्टर पनि अलग खालको सार्वजनिक गरियो ।

देव कुमार श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा अभिनेता दयाहाङ राई र नायिका प्रियंका कार्कीको जोडीलाई दर्शले फेरि पर्दामा सँगै देख्न पाउने छन् । दया र प्रियंकाको जोडीसँगै यो चलचित्रमा अर्जुनजंग शाही, राज कटुवाल, निराजन प्रधानलगायतका कलाकरको समेत अभिनय देख्न सकिने छ । चलचित्रमा नायिका केकी अधिकारीको पनि विशेष भूमिका रहने निर्माण पक्षले बताएको छ ।

एमसन फिर्चसको ब्यानरमा बनेको चलचित्रमा भानु प्रतापले लगानी गरेका हुन् । देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्ने सहरी परिवेशमा बनाइएको चलचित्र ‘लालटिन’ चैत १८ गतेबाट देशभर प्रदर्शनमा आउने छ । ‘लालटिन’ बर्ष २०७३को महत्वकानक्षी चलचित्र पनि हो ।

https://youtu.be/SbKmKMHUhTc