म भन्दा प्रियंका उत्कृष्ट : दीपिका पादुकोण

मनोरन्जन

बलिउडमा अहिले नायिका दीपिका पादुकोण र प्रियंका चोपडाविच युद्ध नै चलेको छ । को भन्दा को उत्कृष्ट भन्ने लडाइले बलिउडका मिडिया तातेका छन् । विशेषगरि, दुबै नायिका हलिउडतर्फ लागेपछि यो प्रतिस्पर्धा अझ चुलिएको हो ।

दीपिका र प्रियंकाविच हलिउड यात्रामा लागेपछि दुश्मनी बढेको चर्चा समेत नचलेको होइन । एक अवार्ड समारोहमा त दीपिकाले प्रियंकासँग स्टेज शेयर गर्न नमानेको चर्चा समेत चलेको थियो ।

यहीविचमा नायिimgका दीपिका पादुकोणले आफू भन्दा प्रियंका धेरै नै माथि रहेको र उनी बलियो भएको टिप्पणी गरेकी छिन् ।