आसिस म्यूजिक प्रालिको प्रस्तुतिमा “उड़ायो दोपट्टा”बजारमा

मनोरन्जन

कमल सरगम
असोज -०९ काठमाण्डौ
आसिश  म्यूजिक प्रालिको प्रस्तुतिमा प्रतिभाशाली गायक रमेश सुबेदीको लोकदोहोरी गीत “उड़ायो दोपट्टा”बजारमा आएको छ ।रमेश सुबेदी र प्रतिमा तामाङको सुमधुर आवाजमा रहेको गीतमा लय शब्द पनि रमेश सुवेदीकै रहेको छ ।गुरुआमा फ्लिम्सको निर्माणमा तयार भएको म्यूजिक भिडियोमा अभिनय भने अहिलेकी चर्चित महिला निर्देशिका तथा मोडल स्मृति तिमिल्सिना “गुरुआमा” र सन्दिप न्यौपानेले गरेका हुन् ।स्मृति तिमिल्सिना गुरुआमाकै निर्देशनमा तयार भएको म्यूजिक भिडियोको छायांकन भने सुरेश श्रेष्ठले गरेका हुन् ।दिपक बिष्टको सम्पादनमा तयार यस म्यूजिक भिडियो म्यूजिक नेपालको यूटुब च्यानलबाट सार्बजनिक भएको हो ।यस गीतको समस्त टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।