सर्जक राजु बर्देवाको दशैँ गीत “गरिबको झुपडीमा चुलो बल्दैन”बजारमा

मनोरन्जन

राजेन्द्र जीएम 
असोज -१० काठमाण्डौ 
“जताततै जमरा छर्ने दिन आयो,रातो टिकामा पिङ् खेल्दै  साथीभाई संग घुम्ने झुम्ने तर  एता हामी गरिबको झुपडीमा चुलो बलेन सानु । धनीको घरमा त् खसी ढल्छ हाम्रो घरमा नत् एक छाक खाननै राम्रो संग खाना पाइन्छ ।यस्तै रैछ हाम्रो जिन्दगि अब छिमेकिकै हेरेर मन  बुजाउनु बाहेक अरु बिकल्प छैन जस्तो छ त्यसैमा रमाउनु जे छ त्यहि खानु ।”
यस्तै कथामा अनुबन्धित चर्चित सर्जक तथा संचारकर्मी कमल सरगम र राजु बर्देवाको शब्दमा दिपक सुनुवार र कल्पना पाख्रिनको सुमधुर आवाजमा दशैँ तिहार बिसेष वियोगान्त गीत “गरिबको झुपडीमा चुलो बल्दैन”बजारमा आएको छ ।बहुप्रतिभासाली गायक बालकुमार श्रेष्ठको उत्कृष्ट लयमा बजारमा आएको गीतलाइ संकलन संगितले बजार ब्यबस्थापन गरेको छ ।त्यसोत संचारकर्मी कमल सरगम संगीतको सबै पाटोमा उतिकै अब्बल व्यक्तिको रुपमा चिनिदै आएका छन।यसै बिचमा यो गीतमा कमल सरगमले अभिनय गरि पुन अभिनय पाटोमा पनि पाइला टेकेका छन ।सधै पर्दा बाहिर बसेर आफुलाई चिनाएका सरगमले मोडलिङ क्षेत्रलाई पनि निरन्तरता दिएका हुन् ।उनलाई साथ् भने संगीता थापाले दिएकी छिन ।गुरुआमा फ्लिम्सले निर्माण गरेको म्यूजिक भिडियोको निर्देशन भने अहिलेकी चर्चित महिला निर्देशक स्मृति तिमिल्सिना गुरुआमाले गरेकी हुन् ।सुरेश श्रेष्ठको छायांकनमा तयार भएको भिडियोको सम्पादन भने दिपक बिष्टको रहेको छ ।भिडियो निकै उत्कृष्ट बनेको छ  ।यस गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ  ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस