‘नाइँ नभन्नु ल ५’ मा प्रेमकथा सुनाउँदै स्वस्तिमा (ट्रेलर हेर्नुहोस् )

‘नाइँ नभन्नु ल ५’ मा प्रेमकथा सुनाउँदै स्वस्तिमा (ट्रेलर हेर्नुहोस्  )
मनोरन्जन

चलचित्र ‘नाइँ नभन्नु ल ५’ कोे ट्रेलरको सार्वजनिक भएको छ । २ मिनेट १९ सेकेण्ड लामो ट्रेलरमा अन्जनाको प्रेम सम्बन्धमा आउने उतारचढावलाई देख्न सकिन्छ । अन्जनाको भुमिका नायिक स्वस्तिमा खड्काले निभाएकी छन् ।

स्वस्तीमाको बाल्यकालको भूमिकामा नव–बालकलाकार स्याड्रिना शर्माले अभिनय गरेकी छिन् ।

[youtube https://www.youtube.com/watch?v=rauujlVEZPE]

ट्रेलरमा सिनेमाका सबै मुख्य कलाकारहरुलाई स्थान दिइएको छ । चलचित्रमा अतिथि भूमिका निर्वाह गरेकी अभिनेत्री निरुता सिंहलाई समेत ट्रेलरमा स्थान दिइएको छ ।

मुख्य कलाकारहरु दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तीमा खड्का, अनुभव रेग्मी, स्याड्रिना शर्मा ट्रेलरमा देखिएका छन् । वान टाइम सिनेमाको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई विकासराज आचार्यले निर्माण तथा निर्देशन गरेका हुन् ।

वसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन जिसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यको लेखन छ ।

हरिबोल भण्डारी र गौरीराज जोशीको लगानी रहेको छ ।

Post Comment