सयकडा दश: पहिलो गीत ‘दाईलाई कुरा लाइदिनी’ लन्च हेर्नुस् भिडियो)

सयकडा दश: पहिलो गीत ‘दाईलाई कुरा लाइदिनी’ लन्च हेर्नुस् भिडियो)
मनोरन्जन

भ्रष्टाचारविरुद्ध सदाचार सन्देश बोकेको फिल्म ‘सयकडा दश’ले पहिलो गीत ‘दाईलाई कुरा लाइदिनी…’ लन्च गरेको छ । ‘प्रेमगीत २’ फेम्ड निर्देशक रामशरण पाठकले यसलाई पब्लिसिटी अभियानको थालनीको रुपमा व्याख्या गरेका छन् ।

‘दाईलाई कुरा लाइदिनी, सात्तो खाइदिनी…’ बोलको गीतलाई कल्याण सिंहले कम्पोज गरेका हुन् । तृषला गुरुङ र सन्देश पाठकले गायनमा सहकार्य गरेका छन् । निर्देशक पाठक गीतकार हुन् ।

पाँच मिनेट लम्बाइको गीतमा अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, रवि डंगोल फिचर्ड छन् । मुख्य पात्रको वैवाहिक समारोहलाई चित्रण गरिएको गीतलाई पोखरा माटेपानीस्थित भद्रकाली मन्दिरमा छायांकन गरिएको हो ।

भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा फिल्मले पेश गर्छ । मनोज गजुरेल र राजाराम पौडेल समेत मुख्य भूमिकामा छन् । कमेडियन समेत रहेका गजुरेलको यो डेब्यु फिचर हो । गजुरेललाई गत महिना अस्कर अवार्डको अफिसियल च्यानल एबीसीले विश्वका उत्कृष्ट २० कमेडियनमध्य छानेको छ ।

दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् । साजन थापा सहनिर्माता हुन् । निर्माताले च्यारिटीसहित सामाजिक कार्यमार्फत पनि फिल्मको प्रवद्र्धन गर्ने प्रचार संयोजक सुदीप पौडेलले बताए ।

नेपाल प्रदर्शनपूर्व थाइल्यान्ड र म्यानमारमा फिल्म प्रदर्शन गर्ने तयारीमा निर्माता जुटेका छन् भने निर्मात्री प्रधान नेपाली फिल्मको बजार अध्ययनका लागि युरोप भ्रमणमा छिन् । माघ १८ गते फिल्म नेपालमा प्रदर्शन हुँदैछ ।

[youtube https://www.youtube.com/watch?v=k8uggsQM9Ow&w=851&h=476]

Post Comment