भेनिसासँग पराजित भइन् शृङ्खला ,उनी ‘मिस वर्ल्ड’बाटै बाहिरिएकी हुन् त ?

भेनिसासँग पराजित भइन् शृङ्खला ,उनी ‘मिस वर्ल्ड’बाटै बाहिरिएकी हुन् त ?
मनोरन्जन

चीनमा जारी विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगिताको हेड टु हेड च्यालेन्जमा शृङ्खला खतिवडा पराजित भएकी छिन् । पहिलो चरणमा समूह विजेता बनेकी मिस नेपाल शृङ्खला शनिबार बेलुका भएको दोस्रो चरणमा भने सिंगापुरकी प्रतिस्पर्धी भेनिसा पेहसँग पराजित भएकी हुन् ।

दोस्रो राउन्डमा गएका २० जनालाई एकआपसमा हेड टु हेड च्यालेन्जमा भिडाइएकाे थियाे।  शृङ्खला सिंगापुरकी भेनिसासँग परेकी थिइन् । तीन जना पूर्व मिस वर्ल्डहरुले दुई जनाको स्पिच सुनेर जित हारको टुङ्गो लगाएका थिए। तीनै जनाले नेपालको साटो सिङ्गापुरलाई चुने। फलस्वरुप मिस नेपाल हैन मिस सिङ्गापुर मिस वर्ल्डको टप ३० मा पुगिन्।

पराजीत भएसँगै खतिवडा अन्तिम ३० मा पुग्न असफल बनेकी छन्, यध्यपी उनको सम्भावना भने कायमै छ। उनी मल्टिमिडिया वा ब्यूटी विथ पर्पज बिधा जितेर अन्तिम ३० मा पर्न सक्ने छिन् ।

अझै टप ३० मा पुग्‍ने सम्भावना छ, तर यसमा भोट काम लाग्दैन। अब जजहरुले छान्‍ने छन् कुन सुन्दरीलाई टप ३० मा लाने भनेर। अरु इभेन्टहरु पनि नेपालले जित्‍न सकेको छैन।

Post Comment