क्रिक्रेट खेल शुभारम्भ

खेल

लहान, २४ मङ्सिर । स्वर्गीय गिरिजाप्रसाद कोइराला मेमोरियल अन्तर स्कुल ‘टि’ –२० क्रिक्रेट प्रतियोगिता आजदेखि यहाँ प्रारम्भ भएको छ ।

नेपाली काँग्रेस नगरसमिति र नगर क्रिक्रेट क्लब लहानद्वारा संयुक्तरुपमा सञ्चालन गरिएको उक्त खेलको सभासद् पद्यमनारायण चौधरीले उद्घाटन गर्नुभयो ।उहाँले क्रिक्रेट खेल युवा वर्गको शारीरिक र मानसिक विकासका लागि महत्वपूर्ण भएको चर्चा गर्नुभयो ।

सो प्रतियोगितामा ११ वटा टिमका क्रिक्रेट खेलाडीहरूको सहभागिता रहेको छ । आज हुने खेलमा प्यारागन उच्च मावि र एपालो उच्च माविको बीच र दोस्रो खेल बेवीञ्जल सेकेन्ड्री स्कुल र ललिता, लक्ष्मण उच्च लहानको बिच प्रतिस्पर्धा हुनेछ । रासस

Post Comment