अल्ट्रा म्याराथुन धावक एवम् पर्वतारोही संजय पण्डित सरकारद्वारा पुरस्कृत

खेल

काठमाडौँ, २६ मङ्सिर । लामो दूरीका अल्ट्रा म्याराथुन धावक एवम् कीर्तिमानी पर्वतारोही संजय पण्डितलाई नेपाल सरकारले रु तीन लाख दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त रकम दिने निर्णय गरेको हो । २४९५ किमी दूरीको अल्ट्रा धावनको दौड दौडेर कीर्तिमान राख्दै विश्वको सर्वोच्च शिखर, प्राणघातक हिमाल भनेर चिनिने मनास्लु, अफ्रिकाको सर्वोच्च शिखर किलिमान्जारो, युरोपको उच्च शिखर माउन्ट एलबु्रस तथा अस्ट्रेलियाको उच्च शिखर माउन्ट कोजियसकोको सफलताप्ूर्वक आरोहण सम्पन्न गरिसकेका छन्

उनले युरोपको उच्च शिखर एलब्रुसमा ६ मिनेट ३ सेकेन्डसम्म अर्धनग्न रहेर, अफ्रिकाको उच्च शिखर किलिमान्जारोमा ६ घण्टा १३ मिनेटमा तीव्र गतिको आरोहीको रूपमा तथा अस्ट्रेलियाको उच्च शिखर माउन्ट कोजियस्कोमा उल्टो हिँडेर आरोहण सम्पन्न गरेर अन्तर्राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका छन् ।

विश्वका सबै ठूला महादेशका हिमाल आरोहण गर्ने सिलसिलामा रहेका पण्डित दक्षिण अमेरीकाको आकान्कागुवा र उत्तर अमेरिकाको डेनाली आरोहण गर्ने अन्तिम तयारीमा जुटेका छन् । रासस

Post Comment