अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा यादव प्रथम

खेल

परासी, २८ मङ्सिर । नवलपरासी बर्दघाटमा सञ्चालित अन्तर्राष्ट्रियस्तरको कुस्ती प्रतियोगितामा नेपालका केशवराज यादव प्रथम भएका छन् ।

भारतको पञ्जाव, हरियाण, उत्तर प्रदेशलगायत राज्य तथा नेपालको काठमाडौँ, पोखरा, नेपालगन्जलगायत स्थानबाट आएका २२ पुरुष एवम् छ महिला गरी जम्मा २८ जनाले प्रतिस्पर्धामा सहभागिता जनाएका थिए ।प्रतियोगितामा प्रथम एवम् द्वितीय हुनेलाई हनुमानको गदासहित नगद प्रदान गरिएको थियो । रासस

Post Comment