हात्ती महोत्सवका उत्कृष्ट झाँकी पुरस्कृत

खेल

रत्ननगर (चितवन), १३ पुस । चितवनको सौराहामा जारी हात्ती महोत्सवका अवसरमा उत्कृष्ट झाँकी प्रदर्शन गर्ने समूहलाई पुरस्कृत गरिएको छ ।

विजेता समूहलाई चितवन हात्ती महोत्सव आयोजक समितिले नगदसहित पुरस्कार प्रदान गरेको हो । उक्त झाँकी प्रदर्शनीमा ओद्रा थारु महिला समूह प्रथम भएको झाँकी व्यवस्थापन समितिका उपसंयोजक श्रीलाल परियारले जानकारी दिनुभयो ।प्रथम समूहलाई नगद १५ हजार र प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै, दोस्रो हुनेमा इन्द्रेणी महिला समूह नरकटियाले रु १० हजार र तेस्रो हुने चौधरी महिला समाज सुल्तानाले रु पाँच हजार प्राप्त गरेका छन् ।

उहाँका अनुसार सहयोगी महिला समूह जनकपुर, सहेली महिला समूह बसौली र थरु डम्फु नाच समूहलाई सान्त्वना पुरस्कार स्वरूप रु दुई÷दुई हजार प्रदान गरिएको छ ।होटल ल्याण्डमार्क, ब्लुस्काई टुर्स, पार्कसाइड होटललगायतले पुरस्कारको व्यवस्था गरेको थियो ।

यसैबीच, आज हात्ती महोत्सवअन्तर्गत विभिन्न कार्यक्रम सुरु हुँदैछ । दिउँसो हुने कार्यक्रमअन्तर्गत आज हात्ती दौडको दोस्रो चरणका खेल तथा हात्तीका छावाबीच फुटबल हुनेछ । रासस

Post Comment