बलियो प्रतिद्वन्दी नेदरल्याण्ड्सलाई पराजित गर्दै नेपाल बिजयी

शुक्रबार , साउन २७, २०७९
खेल

जनवरी १८ । आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आज भएको नेदरल्याण्ड्स र नेपाल बिचको खेलमा नेपालले नेदरल्याण्ड्सलाई २ विकेटले हराएको छ। बिजयी हुनका लागि नेपालले अन्तिम ओभरसम्म खेल्नु परेको थियो । १५९ रनको लक्ष्य पाएर मैदानमा उत्रेको नेपालको सुरवात राम्रो रहेन । दोस्रो ओभरको तेस्रो बलमा नरेश बुढाऐर ५ बलमा १ रन बनाउदै पबेलिएन फर्किएका थिए । ज्ञानेन्द्र मल्ल मैदानमा आए तर पहिलो बलमा नै आउट भए । नेपालको अवस्था ३ ओभरको समाप्तीमा ५/२ थियो ।

सुवास खकुरेललाई साथ दिन कप्तान पारस खड्का आए र जोडीले रनलाई भन्दा खेललाई आफ्नो पकड ल्याउने प्रयास गरेका थिए । १५ ओभरको पाचौं बलमा  सुवास खकुरेल  १६ रन बनाउदै एल बि डब्लु का कारणले आउट भए ।

Cricket Team Nepal

पाचौं खेलाडीको रुपमा मैदानमा उत्रेका बिनोद भण्डारी र कप्तान पारस खड्काले सगै ७ ओभर खेलेका थिए । बिनोद भण्डारीको राम्रो व्याटिङ्ले नेपाली टिम सम्हालिएको थियो । कप्तान पारस खड्का आफ्नो टिमलाई निजी १९ रनको योगदान दिदै क्रिजबाट बहिरिएका थिए ।

तेस पछी क्रिजमा आएका सागर पुन र बिनोद भण्डारीको जोडी पनि जम्न सकेन । ३० बलमा ३५ रन बनाउदै बिनोद बोल्ड आउट भएका थिए ।  बिनोदले ३ छका र १ चौकाका मद्दतले ३५ रन बनाउन सफल भएका हुन ।  नेपाल आफ्नो पाचौं विकेट गुमाउदा स्कोरबोर्डमा ८८ रन जोडन सकेको थियो ।

सातौं व्याट्सम्यानको रुपमा छिरेका शरद भेस्वाकरले अन्तिम समयसम्म क्रिजको एक छेउलाई सम्हालेक थिए । सागर पुन १३ रन बनाउदै आउट भएका थिए ।

तेस  पछी आएका बसन्त रेग्मीले १९ बल खेलेर एक चौका सहित ६ रन बनाएका थिए । जस्ले गर्दा बलरहरुलाई उत्साह थपिएको थियो ।

नौं क्रममा व्याट गर्न आएर पनि पछील्ला केही खेलमा उत्कृष्ट व्याटिङ गर्दै आएका सोमपाल कामीबाट आज पनि समपूर्ण नेपालीहरुले उस्तै प्रदर्शनीको आश गरे अनुसार नै उनले आज पनि आफ्नो उत्कृष्ट व्याटिङ गर्दै २८ बलमा २४ रन बनाएक थिए । यस्मा उनले प्रहार गरेका ३ चौका पनि संलग्न छ ।  उनको आजको व्याटिङलाई धेरै नेपालीहरुले फेसबूक र टुइटर मार्फत  नेपालले खेल जित्नु भन्दा अगाडिनै प्रसंसा गरेका थिए ।

अन्तिममा आएका शक्ति गौचनले २ रन बनाएक थिए त्यो भन्दा पनि बडी उनी आफु आउट नहुने र शरदलाई बडी अवसर मिलाउने प्रयास गरेक थिए ।

 बिजयी रन प्रहार गरेका शरदले ५३ बल खेल्दै २४ रन बनाएका थिए ।

यस अघी व्याटिङ गरेको नेदरल्याण्ड्सले ५० ओभर अगाडिनै सम्पूर्ण विकेट गुमाएर १५८ रन बनाएको थियो । म्यान अफ दि म्याचबाट पुरस्कृत नेदरल्याण्ड्सका व्याट्सम्यान MJG Rippon को उत्कृष्ट व्याटिङले नेदरल्याण्ड्सले १५८ को योगफल तयार पर्न सफल भएको थियो ।

नेदरल्याण्ड्सले ठुलो योगफल तयार गर्न नसक्नुको कारण नेपाली बलरहरुले गरेको उत्कृष्ट बलिङ हो । नेपाली बलरहरुले ८  जना व्याट्सम्यानहरुलाई दोहोरो अंक पनि बनाउन दिएका थिएनन । पारस, सोमपाल, शक्ति र बसन्तले समान दुई–दुई विकेट लिएका थिए।

बसन्त रेग्मीले आज लिएको दोस्रो विकेटले एउटा नयाँ रेकड बनेको छ । अन्तराष्ट्रिय क्रिकेटमा १०० विकेट लिने बसन्त रेग्मी पहिलो नेपाली बनेका छन ।

Post Comment