धनगढी, २४ माघ । सनसाइन कलेज भैरहवालाई सात रनले पराजित गर्दै बुटवलको न्यु होराइजन कलेज यहाँ सम्पन्न सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिता ‘होटल डिभोटी एसपीए कप २०१५’ को बिजेता बनेको छ ।
आज भएको फाइनल खेलमा सनसाइन कलेज भैरहवालाई पराजित गर्दै न्यु होराइजन रु पाँच लाख नगदसहित एसपिए कपको उपाधी जित्न सफल भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको न्यु होराइजनले निर्धारित २० ओभरको खेलमा छ विकेटको क्षतिमा १७१ रन बनाएको थियो । न्यु होराइजनका ओपनर निरद्वज सेन शून्य रनमा आउट भएपनि अर्का ओपनर सन्दिप सुनारले ३४ रनको योगदान दिएका थिए । होराइजनकै निर्मल थापा र सन्दीपको जोडीले ६३ रनको उत्कृष्ट साझेदारी गरेका थिए । अर्का ब्याट्स्म्यान सोमपाल कामीले सर्वाधिक ४० रन प्रहार गरेपछि न्यु होराइजनले १७१ रन बनाएको थियो । त्यस्तै, प्रकाश केसीले २३ तथा सौरभ खनालले २४ रन बनाए ।
सनसाइनका मानबहादुर थापाले तीन विकेट लिएका थिए भने सवाज खानले दुई विकेट लिए ।
१७२ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ थालेको सनसाइन कलेज भैरहवा न्युहोराइजन कलेजका बलरसामु टिक्न नसकेपछि उपबिजेतामा चित्त बुझाउनुप¥यो । उपविजेता सनसाइनले रु दुई लाख पुरस्कार प्राप्त गरेको छ । सनसाइनका सुबोध श्रीवास्तवले ४६ रन र मयङ्क यादवले ४४ रनको योगदान गरे पनि टोलीलाई विजयी बनाउन सकेनन् । कप्तान अन्तिम थापाले ३७ रन बनाएकोमा त्यसपछिका अन्य ब्याट्स्म्यानहरूलाई न्युहोराइजनका बलरहरूले टिक्न दिएनन् ।
प्रतियोगिताको ‘म्यान अफ द सिरिज’ न्यु होराइजन बुटवलका कप्तान सौरभ खनाल, उत्कृष्ट ब्याट्स्म्यान सनराइज उच्च मावि कञ्चनपुरका अमित श्रेष्ठ, उत्कृष्ट बलर पेन्टागन कलेज काठमाडौँका राहुल विश्वकर्मा, उत्कृष्ट विदेशी खेलाडी सनसाइनका मयङ्क यादव, उत्कृष्ट फिल्डर दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका विनोद लामा घोषित हुँदै जनही रु २५ हजार जिते ।
–ः ३७ ः–
समापन समारोहमा नेपालका किर्तीमानी तेक्वान्दो खेलाडी दीपक विष्टलाई अभिनन्दन पनि गरिएको थियो । प्रतियोगितामा मुलुकभरका १६ क्रिकेट टोलीले प्रतिस्पर्धा गरेका थिए । रासस