बालश्रम रोक्न र पढाउन इँटा भट्टालाई निर्देशन

समाचार

भक्तपुर, २४ मङ्सिर । जिल्ला शिक्षा कार्यालय भक्तपुरले जिल्लामा सञ्चालित विभिन्न इँटाभट्टामा बालश्रमिक नराख्न र उनीहरुका लागि अनिवार्य कक्षा सञ्चालन गर्न भट्टा सञ्चालकलाई निर्देशन दिएको छ ।

कार्यालयले आज यहाँका ६० वटा भट्टा सञ्चालकलाई पत्र पठाएर यसवर्ष बालबालिकालाई बालश्रममा नलगाउन र भट्टामा आएका प्रत्येक बालबालिकालाई अनिवार्य रुपमा कक्षा सञ्चालन गरी पढाउन निर्देशन दिएको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिनुभयो ।

गतवर्ष अधिकांश इँटाभट्टामा बालबालिका पढाइ छाडेर जोखिमपूर्ण श्रममा लाग्ने गरेको पाइएकाले यसवर्ष प्रत्येक बालबालिकालाई अनिवार्य रुपमा पढाउन भट्टा सञ्चालकलाई निर्देशन दिएको उहाँले बताउनुभयो ।भक्तपुरलाई यसैवर्ष निरक्षर उन्मूलन र बालश्रममुक्त जिल्लासमेत घोषणा गर्न लागिएकाले सो निर्देशन दिइएको हो । रासस

Post Comment