काठमाडौँ, २८ मङ्सिर । मानवअधिकार तथा शान्ति समाजले राष्ट्रिय पहिचानका लागि अभियान सुरु गरेको छ ।समाजले ‘राष्ट्रिय पहिचानः शान्ति, अहिंसा, सद्भाव, सहिष्णुता’ विषयमा विशेष अभियान र धर्ना शृङ्खला सुरु गरेको हो ।
अभियानको पहिलो चरणमा पुस ३ गतेदेखि विभिन्न जिल्लामा गोष्ठी आयोजना गरिने समाजका महासचिव उत्तम पुडासैनीले जानकारी दिनुभयो ।जसअनुरूप समाजका जिल्ला शाखाको आयोजनामा आगामी पुस ३ गते बाराको सिमरामा र पर्साको वीरगन्जमा, पुस ४ गते हेटौँडा र चितवनमा, पुस ५ गते नवलपरासीको सुनवलमा, पुस ६ गते वुटलवमा हुने कार्यक्रममा आयोजना गरिनेछ ।
यसअघि समाजले दलीय प्रतिवद्धता अनुरूप निर्धारित समयमै मानवअधिकारमैत्री संविधान बनाउन आग्रह गर्दै यही मङ्सिर २६ गते नयाँ बानेश्वरमा पहिलो धर्ना कार्यक्रम आयोजना गरेको थियो । रासस