सर्वोत्कृष्ट अङ्क ल्याउने छात्रछात्रालाई सम्मान

समाचार

काठमाडौँ, २८ मङ्सिर । गोरखा जिल्लाबाट एसएलसी परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने छात्रछात्रालाई आज यहाँ आयोजित कार्यक्रममा पुरस्कारसहित सम्मानित गरियो ।

बिबी ट्रष्टद्वारा आज यहाँ आयोजित कार्यक्रममा ती विद्यार्थीलाई सम्मान गर्दै उपप्रधान एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले शिक्षा क्षेत्रको विकास गर्न शिक्षक, विद्यार्थी तथा सरकारको सामूहिक प्रयास हुनु पर्ने बताउनु भयो ।

सञ्चारकर्मीसँगको छुट्टै भेटमा उपप्रधान मन्त्री सिंहले सरकारले तोकिएको समयभित्रै संविधान निर्माण गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्नु भयो ।सभासद् कमला पन्तले शिक्षा क्षेत्रको विकासमा ठूलो लगानी भएपनि अपेक्षित उपलब्धि हासिल नभएको बताउनुभयो ।

ट्रष्टका अध्यक्ष भुवन भट्टको सभापतित्वमा भएको सो कार्यक्रममा सर्वोत्कृष्ट छात्रछात्रा अमिसा अधिकारी र निशा क्षेत्री तथा समाजसेवी इन्दिरा सापकाटाले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस

Post Comment