पाल्पा, २८ मङ्सिर । लागुऔषधको सेवनको विकृतिबाट विद्यार्थीलाई जोगाउने उद्देश्यले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौँ) पाल्पाले विद्यालयमा लागुऔषध दुर्व्यसनीविरुद्ध विद्यार्थीमाझ सचेतना अभियान थालेको छ ।
यही मङ्सिर १४ गतेदेखि सञ्चालित अभियानअन्तर्गत सदरमुकाम तानसेनस्थित १३ विद्यालयमा सो अभियान थालिएको हो । लागुऔषधको सेवनबाट स्वास्थ्य, सामाजिक, मानसिक, आर्थिक लगायत क्षेत्रमा ठूलो असर पर्ने र त्यो कुलतबाट उन्मुक्ति पाउने तरिका अभियानका क्रममा गरेको अखिल (छैटौँ)का जिल्ला अध्यक्ष रेश्म कँडेलले बताउनुभयो । रासस