तौथलीमा करिब ६० फिट अग्लो राष्ट्रिय झन्डा

शुक्रबार , साउन २७, २०७९
भर्खरै

मेलम्ची, १ पुस । सिन्धुपाल्चोक जिल्लाकोे तौथली गाविस–७ मा करिब ६० फिट अग्लो नेपालको राष्ट्रिय झन्डा फहराइएको छ ।

तौथली गाविसको वडा नं ७ स्थित खागलको चुलीडाँडामा ऐतिहासिक महत्व बोकेको त्रिपुरासुन्दरीमाईको मन्दिरको भग्नावशेष चिनाउन, संरक्षण गर्न झन्डा फहराइएको स्थानीय संस्था स्याउदाई मितेरी समाज तौथलीले जनाएको छ ।समाजले यहाँ विभिन्न रुख बिरुवा लगाउने तथा बगँैचा निर्माण जस्ता कार्यक्रम गरिरहेको छ । रासस

Post Comment