उमाचन्द्र गीता रजौरे पत्रकारिता पुरस्कार गौतमलाई

समाचार

तुलसीपुर, (दाङ) ५ पुस । राप्ती अञ्चल कार्यालय राससमा कार्यरत नारायणी रजौरेले आफ्ना बुबा उमाकान्त, आमा गीतादेवी र भाइ चन्द्रमणिका स्मृतिमा स्थापना गरेको ‘उमाचन्द्र गीता स्मृति रजौरे पत्रकारिता पुरस्कार’ यस वर्ष दाङका पत्रकार वसुन्धरा गौतमलाई प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ दाङकोे २२ औँ स्थापना दिवसका अवसरमा शुक्रबार घोराहीमा आयोजित कार्यक्रममा महासङ्घका महासचिव उजिर मगरले उक्त पुरस्कार प्रदान गर्नुभयो । पुरस्कारको राशि रु तीन हजार र सम्मानपत्र छ । पुरस्कार जिल्लामा क्रियाशील एक पत्रकारलाई बर्सेनि प्रदान गरिँदै आएको छ । रासस

Post Comment