जिल्लाको रुप्से र दर्लमडाँडा गाविसमा आयुर्वेदिक गाउँ घर क्लिनिक माघ महिनाको पहिलो हप्तादेखि सञ्चालन हुने भएको छ ।
महिनामा दुई पटक सञ्चालन हुने क्लिनिक यहाँ नसर्ने प्रकारका रोगीलाई निःशुल्क उपचार हुने जिल्ला आयुर्वेदिक अस्पताल पाल्पाका चिकित्सक नलिननाथ तिवारीले बताउनु भयो ।रु दुई लाख ६४ हजार लागतको बजेटमा जिल्लाका दुई गाविसका स्थानीयले उपचार पाउने भएपछि स्थानीय बासिन्दा खुसी बनेका हुन् । रासस