तनहुँ, ११ पुस । आदिकवि भानुभक्त क्याम्पस, दमौलीमा अध्यापनरत नेपाली विषयका उपप्राध्यापक रामकुमार अधिकारीले त्रिवि शिक्षा शास्त्र सङ्कायबाट ‘एकभाषी शब्दकोशको शैक्षणिक उपयोग’ शीर्षकमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ ।
डा अधिकारीले आफ्नो अध्ययन तथा अनुसन्धानमा प्रेरणा तथा सहयोग पु¥याउने दाज्यु मिठारामको सम्मानमा क्याम्पसमा स्नातक तहमा अध्ययनरत अनाथ तथा प्रतिभावान् विद्यार्थीलाई टेवा पु¥याउने उद्देश्यले मिठाराम अक्षय छात्रावृत्ति कोष स्थापनार्थ रु ५५ हजार ५५५ को चेक क्याम्पस प्रमुख श्रीकृष्ण न्यौपानेलाई आज हस्तान्तरण गर्नुभयो । रासस