राष्ट्रिय एकता तथा पृथ्वीजयन्ती मनाउन ज्ञापन

समाचार

काठमाडौँ, ११ पुस । राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती विचार अभियानका पदाधिकारीले आज उपप्रधानमन्त्री वामदेव गौतमसँग भेट गरी पुस २७ गतेको राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीलाई निरन्तरता दिन ज्ञापनपत्र बुझाएका छन् ।

NepalGov

उक्त अभियानका संयोजक भरत बस्नेत, राजनीतिज्ञ मोदनाथ प्रश्रित, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, इतिहासविद् प्रा डा सुरेन्द्र केसी, लेखक खगेन्द्र सिटौलालगायतको प्रतिनिधिमण्डलले सो दिवस मनाउन माग गरेको हो ।विसं २०६२/०६३ को जनआन्दोलनपछि सो दिवसलाई खारेज गरी मुलुकलाई राष्ट्रिय एकता दिवसविहीन बनाइएकाले निरन्तरता दिन ज्ञापनपत्र बुझाइएको संयोजक बस्नेतले बताउनुभयो ।

यसअघि उक्त प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग पनि भेटी सो दिवस मनाउन ज्ञापनपत्र बुझाएको थियो । रासस

Post Comment