गोरखाबजार, १८ पुस । गोरखाको १३ गाविसका द्वन्द्वपीडित महिलालाई ३५ दिने पशु स्वास्थ्य कार्यकर्ता तालिम दिइएको छ । प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले महिलालाई तालिम दिइएको हो ।
अनौपचारिक शिक्षा केन्द्र सानोठिमी भक्तपुर र धौलागिरि प्राविधिक शिक्षालयको संयुक्त अयोजनामा पालुङटार नगरपालिका–९ स्थित कृषि सेवा केन्द्रको भवनमा भएको तालिममा ३९ जना द्वन्द्वपीडित महिला सहभागी छन् ।
“तालिममा सहभागी महिलाले गाउँ फर्केर जनचेतनाको काम गर्नेछन्” अनौपचारिक शिक्षा केन्द्र सानोठिमी भक्तपुरका निर्देशक बाबुराम पौडेलले भन्नुभयो, “गाउँमा गएर पशु स्वास्थ्यको बारेमा किसानलाई जानकारी गराउन सक्ने जनशक्ति तालिमले उत्पादन गर्नेछ ।”
तालिममा गोरखाको पालुङ्टार नगरपालिकाभित्रका च्याङ्ली, आँपपीपल, गाईखुरलगायतका गाउँ, छोप्राक, हर्मी, खोप्लाङ, मिरकोट, देउरालीलगायत गाविसका द्वन्द्वपीडित महिला सहभागी छन् । रासस