अमेरीकी विश्वविधालयमा अध्ययनको लागी आर्थिक चुनौती व्यवस्थापनका उपाएहरु – १

समाचार

गुणस्तरीय शिडा. अच्युत अधिकारीक्षा र गुणस्तरीय जिवनशैलीले गर्दा अमेरीकी विश्वविधालयमा अध्ययन गर्ने विद्यार्थीहरुको लागी आर्थिक व्यवस्थापन चुनौतीपूर्ण हुँदै गएको छ । अर्कोतर्फ़ आर्थिक व्यवस्थापनको लागी प्रचुर सम्भावना समेत छ । यो लेख भर्खर विश्वविधालयमा अध्ययन सुरुगर्ने मनस्थितीमा रहेका विध्यार्थीहरु र अभिभावकहरुलाई उपयॊगी हुन सक्दछ । तल उल्लेखित स्रोतमध्ये एक वा बढी स्रोतहरुलाई उपयॊग गर्न सकेमा विध्यार्थीहरुलाई धेरै राहत मिल्ने देखिन्छ ।

१. शिक्षण सहायक (Teaching Assistant):

यस पदमा रहेर काम गर्न इच्छुक विधार्थीहरुले पूर्ण आफ्नै जिम्मेबारीमा एक वा दुइवटा विषयहरु स्नातकतह (Undergraduate) का विध्यार्थीहरुलाई पढाउने वा अन्य प्रोफेसरको सहायक भएर पढाउन सहयोग गर्नुपर्ने हुन्छ । भबिष्यमा शिक्षण पेशा अपनाउना चाहनेहरुको लागि यो राम्रो अवसर हो ।

पदिय जिम्मेवारी (Job Responsibilities):

– सम्बन्धीत बिषय पढाउने
– विधार्थीहरुलाई थप सिकाउन अफिसमा बस्ने (Holding office hours)
– गृहकार्य जाँच्ने
– प्रश्न पत्र बनाउने र उत्तरपुस्तीका परिक्षण गर्ने

कसरी प्राप्त गर्ने ?

आफुले काम सुरु गर्न चहेको भन्दा कम्तीमा १ सेमेस्टर अगावै सम्बन्धीत शीक्षण विभागमा संम्पर्क गरी निवेदन दिने ।

नोट: योग्य उम्मेद्वार (Applicant) हरु आफै पनि विधार्थीहरु भएर अध्ययन गरिरहेको हुनुपर्द्छ । अधिकांस विश्वविधालयहरुमा कम्तिमा ६ क्रेडिट आवर कोर्स लिएर  कम्तिमा B grade प्राप्त गरेको हुनुपर्दछ ।

अमेरीकी नागरिक हुनु पर्ने/नपर्ने:

निम्न Visa Category भएक सबै योग्य  मानिन्छ

– Student Visa
– Permanent Resident ( Green Card Holder )
– US Citizen

२. अनुसन्धान सहायक (Research Assistant):

यस पदम रहेर कम गर्न इच्छुक विधार्थीहरुले प्रयोगशाला, खेतबारी, बनजनंगल, नदिनला समुदाय इत्पादीमा गएर अनुसन्धनात्मका कार्य गर्नु पर्ने हुन्छ । यो पदमा काम गर्नेहरुको लागी सेवा, सुविधा र आवश्यक सामग्री हरुको स्रोत सम्बन्धीत शिक्षण विभाग वा प्रोफेसरको आफ्नै Project/Grant हुन सक्दछ ।

पदिय जिम्मेवारी (Job Responsibilities)

– प्रयोगसालामा विधार्थीहरुलाई प्रयोगात्मक कार्य सिकाउने
– परिक्षण गर्ने
– तथ्याङ्क संकलन गर्ने
– प्रकाशन गर्ने, इत्यादी

कसरी प्राप्त गर्ने ?

अफुले कम सुरु गर्न चाहेको भन्दा कम्तिमा १ सेमेस्टर अगावै सम्बन्धीत शिक्षण विभाग वा सम्बन्धीत Grant भएका प्रोफेसर सँग सम्पर्क गर्ने । अनुभवी अनुसन्धान कर्ताले आफै Grant प्रोपोसल लेखेर स्वीकृती भएमा यो अझ बढी प्रभावकारी/उपयुक्त हुन्छ ।

अनुसन्धान सहायकका लागि भिसा, कोर्स तथा Grade सम्बन्धीत नियमहरु शिक्षण सहायक जस्तै हुन्छ ।

बाँकी आउँदा अङ्कहरुमा

___________

डा. अच्युत अधिकारी

University of Northern Colorado

Post Comment