नेपालबाट संचालित क्याचथिमस.कमले आफ्ना विभिन्न वर्डप्रेस थिम मार्फत प्रसिद्धि पाउँदै गइरहेको छ । २०१२ मा स्थापित यस वेबसाईट ले अहिले सम्म १८ वटा थिमहरु बजारमा ल्याइसकेको छ ।
क्याचथिमस.कमले जुन(June) 2012 मा सिम्पल क्याच(Simple catch) र क्याच बक्स(Catch box) मार्फत आफूलाई वर्डप्रेस थिमको निर्माणकर्ताको रुपमा अगाडी ल्याएको थियो । क्याचथिमस.कमले पछिल्ला समय Catch Internet प्रा.लि मार्फत आफ्ना थिमहरुलाई अगाडी वढाइरहेको छ ।
क्याचथिमस.कमको निःशुल्क र शुल्क सहितका थिमहरु रहेका छन् । अहिले सम्म क्याच बक्स र सिम्पल क्याच क्रमश 473,607 र 374,775 पटक डाउनलोड(download) गरिएको छ । यी दुवै थिमहरु वर्डप्रेस.ओर्गको Most Popular मा पर्दछन् । क्याच बक्स अहिले पनि प्रत्येक हप्ता सरदर ३५०० पटक डाउनलोड हुने गरेको छ ।
वर्डप्रेस.ओर्ग मार्फत जो सुकैले पनि वेबसाईट डिजाइनको ज्ञान विना नै राम्रो वेबसाईट वनाउन सक्छन् । वेबसाईटलाई आफ्नो आवश्यकता अनुसार भिन्न रुप र आकर्षक बनाउनका लागि थिमको प्रयोग गर्ने गरिन्छ ।