चितवन महोत्सव पुस २५ देखि सुरु

समाचार

काठमाडौँ, २१ पुस । समृद्ध चितवनका लागि समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथै उद्योग व्यवसायको प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले यही पुस २५ गतेदेखि चितवन महोत्वसको आयोजना गरिने भएको छ ।

प्रत्येक २÷२ वर्षको अन्तरालमा विसं २०५३ देखि आयोजना गरिँदै आएको चितवन जिल्लाको ‘गौरव र गरिमामय प्रस्तुति’ चितवन महोत्सव यसपटक पुनः दशौँ संस्करणका रुपमा पुस २५ देखि माघ ४ गतेसम्म नारायणी नदी किनारमा हुने भएको हो ।

उद्योग वाणिज्य सङ्घ–चितवन, जिल्ला विकास समिति चितवन, भरतपुर उपमहानगरपालिकालगायतका करिब एक दर्जन सङ्घसंस्थाद्वारा आयोजित सो महोत्सवमा छवटा विशेष कक्षसहित करिब ४७५ वटा कक्ष रहने व्यवस्था गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महोत्सव संयोजक कल्याण जोशीले बताउनुभयो ।

महोत्सवमा पर्यटन, स्वास्थ्य र समसामयिक विषय तथा चितवनको विकासको सम्बन्धमा सभासद्सँग छलफलसमेत गरिने छ । महोत्सवमा एक गाउँ एक उत्पादनअन्तर्गत रहेको चितवन जिल्लाको केरालाई प्रवद्र्धन गर्ने उद्देश्यले यसपटक पनि केराको खानेकुराको विविधिकरणमा जोड दिइएको छ ।

खेलकुल, ¥याफ्टिङ र मोटरबोट तथा विभिन्न कला संस्कृतिका साथै अन्य मनोरञ्जनका कार्यक्रमले यसपटकको महोत्सवमा निरन्तरता पाउने बताइएको छ । थप आकर्षणका लागि पर्यटनको गतिविधि महोत्सव अवधिभर हेलिकोप्टरद्वारा चितवनका रमणीय स्थलहरू अवलोकन गर्न सकिने छ । रासस

Post Comment